कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

Bhim Thapa Latest Update , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो । प्रमुख विपक्षी दलले नै सरकारको लागि अग्रतरता लिनुपर्ने भन्दै अन्य दलले समेत दबाब दिँदै आएको थियो ।

पार्टीभित्रको असमझदारीका कारण सभापति शेरबहादुर देउवा पनि अलमलमा पर्दै आएका थिए । रामचन्द्र पाैडेल पक्ष सरकारमा जान हुन्न भनिरहँदा पनि उनले नेतृत्व गर्ने अवसर पाए कांग्रेसले नछाड्ने बताउँदै आएका थिए ।

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि त्यो नैतिकता नदेखाएकाले कांग्रेस राजीनामा माग्न बाध्य भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । माओवादीले पनि नेतृत्वका लागि अग्रसर हुन कांग्रेसलाई भन्दै आएकाले सत्ता समीकरणका लागि उसलाई जसपाको पनि साथ हुनुपर्ने देखिन्छ ।सरकारको नेतृत्वको दाबी गर्दै आएको जसपा कांग्रेसलाई समर्थन गर्ने पक्षमा भने एक हुन सकिरहेको छैन ।