काठमाण्डौ २३ श्राबण । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा तथा ब्रम्हदीप युवा क्लबको संयुक्त आयोजनाका रक्तदान कार्यक्रम संम्पन्न भएको छ ।

क्लब परिसर कागेश्वरी मनोहरा नगर पालीका ४ ब्रम्हखेल,ढुँगेधारामा सँम्पन्न भएको रक्तदानमा ५० दाताहरुले रक्तदान गरेका थिए ।

देशमा बढ्दै गइरहेको रगतको अभाबपुर्ति गर्न भएको उक्त रक्तदान कार्यक्रममा नगर प्रमुख कृष्णहरी थापा, वडा अध्यक्ष भाइकाजी अधिकारी, नेपाली काँग्रेसका क्षेत्रिय सभापती उपेन्द्र कार्की लगायत स्थानिय सामाजिक अगुवाका साथै क्लबका अध्यक्ष बिजय थापा तथा नेपाल रेडक्रस सोसाइटीका कागेश्वरी मनोहरा उपशाखाका सभापती बासुदेब पौडेल लगायतको उपस्थिती थियो ।

रक्तदान कार्यक्रममा रेडक्रसका तर्फबाट सभापती पौडेलले नगर प्रमुख थापा तथा नेपाली काँग्रेसका क्षेत्रिय सभापती कार्कीलाई निकट भबिस्यमा रेडक्रसले मुलपानी नगर अस्पतालमा स्थापना गर्न लागेको ब्लडबैकको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

ब्लडबैक स्थापनाको प्रगतिबारे नेपाली काँग्रेसका क्षेत्रिय सभापति उपेन्द्र कार्कीलाइ जानकारी गराउंदै नेरेसो कागेश्वरी मनोहरा उपशाखाका सचिब लक्ष्मी प्रसाद कुँइकेल 
रक्तदान गर्दै नेपाल पत्रकार महासँघ ललितपुर शाखाका सदस्य महेश्वर नेपाल


