गाईबाच्छा सँरक्षणकेन्द्रलाई प्रदेश सरकारले एम्बुलेन्स दिने

Dipak Pudasaini Latest Update , News/समाचार , Others/अन्य , Politics/राजनीति , प्रदेश , ५ वर्ष अगाडि

काठमाण्डौ २४ श्राबण । काठमाण्डौका गोठाटार स्थित खुर्सानीबारीमा रहेको गाईबाच्छा सँरक्षण केन्द्रलाई प्रदेश सरकारले निकट भबिश्यमै एम्बसलेन्स उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री रामेश्वर फुँयालले अभियमनका अभियन्ताहरुलाई उक्त आश्वासन दिनु भएको हो । ५ सय भन्दा बढी असहाय गाईबाच्छा संरक्षण गर्न सक्नेगरी पुर्बाधार तयार भएपनि उपत्यकामा रोग,भोक र तृष्णामा छट्पटाई रहेका गाईबाच्छाहरुको उद्यारकालागी सुबिधा संम्पन्न एम्बुलेन्स नभएका कारण उद्यारमा कठिनाई उत्पन्न भएको जानकारी गराएपछी मन्त्री फुँयालले उक्त आश्वासन दिएका हुन । ‘आफ्ना आमा बुवालाई समेत धर्मशालामा छाडेर हिड्ने प्रचलन बढ्दै गइरहेको आजको अबस्थामा गाईबाच्छाको सेवामा समर्पित सबैको उच्च मुल्याङ्कन गर्दछु र दशै अगाडीनै संस्थाले आफ्नै एम्बुलेन्स मार्फत गाइबाच्छा उद्यार गर्ने वाताबरण बनाउने प्रतिबद्यता ब्यक्त गर्दछु’ मन्त्री फुँयालले भने ।


केन्द्रमा हाल १ सय ८० भन्दा बढी गाईबाच्छा छन भने ७ जना स्वयमसेबीले निशुल्क तिनको स्याहार सुसार गरिरहेका छन ।