दुर्गेश थापा कार्बाहीमा परे

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , ५ वर्ष अगाडि

काठमाण्डौ २४ श्राबण । गायक तथा कलाकार दुर्गेश थापा कार्बाहीमा परेका छन । राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले उनलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको हो । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. महासचिब सुवास केसी तथा बिकृति बिसंगती न्यूनिकरण कार्यदलका संयोजक शिब हमालको हस्ताक्षरमा आज प्रकाशित प्रेस बिज्ञप्तीमा अनुसार उनको सदस्यता खारेजीको निर्णय भएको जानकारी गराईएको छ ।


थापाले महिलाहरुको महानपर्ब हरितालिका तिजको अबसरमा निकालेको गित ख्याँस्स पुतलीको शब्द संसोधन गर्न गरिएको अनुरोधलाई अस्विकार गर्दै आफ्नो प्रतिष्ठान संग कुनै सम्बन्ध नरहेको भन्ने स्पस्टीकरण दिएको हुनाले उनलाई कार्वाहि स्वरुप सदस्यता खारेजीको निर्णय भएको बिज्ञप्तीमा उल्लेख छ ।