भानुमा माओवादी केन्द्र पुनर्गठन

Dipak Pudasaini Latest Update , News/समाचार , प्रदेश , ३ वर्ष अगाडि

तनहुँ, ३० साउन । नेकपा माओवादी केन्द्र भानु नगर समितिले पार्र्टीका सबै वडामा सँगठन पुनर्गठनको कामलाई तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य एवं भानु इन्चार्ज ओम कुमारी पौडेलका अनुसार हाल सम्म भानु वडा १÷३ र १० मा संगठन पुनर्गठन भएको र अन्य वडाहरुमा यसै महिना भित्रमा सम्पन गर्ने लक्ष्य छ ।
हालै सँम्पन्न भेलाले भानु नपा वडा ३ को अध्यक्षमा युवा व्यवसायी रमेश कुमार श्रेष्ठ र सचिवमा नारायण राना सहित २१ सदस्यीय वडा समिति चयान गरेको छ भने वडा १ मा बलराम पौडेल अध्यक्ष र देउ कुमार श्रेष्ठ सचिव साथै वडा न १० मा मोहनिधी तिवारी अध्यक्ष र वि एन लोहनी सचिव सहित दुईवटै वडामा २१÷२१ सदस्यीय वडा समिति गठन भएको छ ।

भाद्रको पहिलो हप्ता वाईसिएल सम्मेलनमा जुट्दै गरेको र पार्र्टी केन्द्रबाट जारी परिपत्र र जिल्लाको बैठकको निर्णय अनुरुप अभियान संचालन गरेको हुदा माओवादी केन्द्र भानुले आम न्यायप्रेमी जनसमुदाय युवापंक्ति र साधारण सदस्य सम्मलाई पुन एक पटक संगठनमा जोडिन साथै परिवर्तनको पक्षमा उभिन समेत पौडेलले अनुरोध गरेकी छीन।
भोला थापा क्षेत्री
तनहूँ