कोलमतेश्वरमा बृक्षारोपण र सम्मान

Dipak Pudasaini Latest Update , News/समाचार , Others/अन्य , Spiritual/अध्यात्म , प्रदेश , ४ वर्ष अगाडि


काठमाण्डौ ३२ साउन । कागेश्वरी मनोहरा नगर पालिका वडा नं ४ स्थित कोलमतेश्वर मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सँम्पन्न भएको छ । बिबिध जातका २ सय बिरुवा रोपिएको उक्त कार्यक्रम नगर प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा तथा जनसुरक्षा कृषि सहकारी संस्था नयाँपाटीको सँयुक्त आयोजनामा भएको कार्यक्रममा बिशिष्ठ अतिथीहरु कोल्मतेश्वर धामका प्रवर्तक प्रा डा ऋषिराम पोख्रेल तथा रुरु क्षेत्रका पिठआधिस स्वामी श्री जगदीश प्रपन्नाचार्यलाई खादा तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

सोहि कार्यक्रममा आयोजक सँस्थाहरुका तर्फबाट १० – १० हजार तथा प्रा डा ऋषिराम पोख्रेलका तर्फबाट १ हजार ५ सय रुपयाँ बँगैचा निर्माण तथा बिरुवा सँरक्षणका लागी प्रदान गरिएको थियो ।

काेलमतेश्वरधाम, कागेश्वरी मनाेहरा ४


सोहि अबसरमा १ लाख सदस्यता सदस्यता शुल्क रहेको नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको यशस्कर सदस्यता सोहि नगर पालिकाको ं ७ नँ वडा निवासी चन्द्र बहादुर के सीले ग्रहण गरेका थिए ।


उक्त बृक्षारोपण तथा सम्मान कार्यक्रममा उपमेयर बिन्दु सिँखडा, नगर प्रबक्त एबँ ५नँ वडाका वडा अध्यक्ष राजाराम पुडासैनी, ४ नँ वडाका वडा अध्यक्ष भाइकाजी अधिकारी, रेडक्रस तथा जनशुरक्षा सहकारीका पदाधिकारी तथा सदस्यहरु बिभिन्न राजनैतिक दल तथा सँघसँस्थाका प्रतिनिधी एबँ सर्बसाधारणको उपस्थिती थियो ।