६ आधार सार्बजनिकगर्दै शर्माले गरे उपाध्यक्षको घोषणा

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ, ११ भदौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् २०२१–२०२३ कार्यकालका लागि बर्तमान सचिब आरके शर्माले उपाध्यक्षमा उम्मेदवार घोषणा गरेका छन । किन आफु उपाध्यक्ष बन्ने भन्ने उनले केहि आधारहरु समेत सार्बजनिक गरेका छन । जस अनुसार
१, सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार स्वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको सही सम्मान हुन सकेको छैन । देश धान्ने हिरोहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न ।
२, गैरआवासीय नेपाली नागरिकता सन २००५देखि हाम्रो माग गैरआवासिय नेपाली नागरिकताको निरन्तता अझै टुंङ्गोमा पुगेको छैन । २०७२ को संविधानले गैरआवासिय नागरिकताको हक प्रत्याभुत गरेपनि नागरिकता बिधेयक विचाराधिन छ । कानुन बनाई कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न मेरो उम्मेदवारी हो । त्यसैगरी गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ । गैरआवासीय ऐन हाम्रो माग अनुसार ल्याउनका लागि ।
३, रेमिट्यान्सको सही सदुपयोग र लगानी विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो । साथै विदेशी लगानी नेपाल भित्राउन र विदेशमा रहेका आम एनआरएनहरुको सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ । १० अर्बको एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक बर्गको लगानी सुनिश्चितता गर्नका लागि ।
४, स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु । साथै, एनआरएनए भनेको नेपाल बाहिरको नेपाल हो त्यसैले विदेशमा नेपाल र नेपालीपन झल््काउन पहल गर्नका लागी ।
५, एनआरएनमा सबैको स्वामित्व स्थापित गर्दै एनआरएन धनीहरुको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै सम्पुर्ण विदेशमा रहनुभएका नेपालीहरुको साझा संस्थाकारुपमा विकास गर्ने लक्ष्य मैले लिएकोछु । मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ । विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पु¥याउने कार्यको शुरुवात गर्नेछु । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नकालागी
६, गोर्खाजको सम्मानित अधिकार ः दुईसय वर्ष अगाडिदेखि नेपालीहरुको बिरताको गाथारुपमा चिनिएका गोर्खाजहरु संसारभरि फैलिएका छन् । उहाँको अधिकारको लागि आमरण अनसन तथा आन्दोलन गर्नु परिरहेको छ । उहाँहरुको समान हक र अधिकारको लागि ।
७, राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान स् आजसम्म एनआरएनएले आफ्नो अभियानमा धेरै समय तथा स्रोत साधन मानवीय कार्यमा केन्द्रित गरिरहेको छ । आगामी दिनहरुमा यसका अलावा एनआरएनएको स्रोत साधन राष्ट्र विकासको अभियानमा केन्द्रित गराउन पहल गर्नेछु । गैरआवासीय नेपालीहरु विदेशमा दक्ष काम गरिरहनु भएको छ, हामीहरुले सीपको पहिचान र क्षमता अभिवृद्धी गरेर भोलिका दिनमा नेपाली दक्ष तथा विज्ञ नेपालीहरु विदेशमा होइन नेपालमा नै योगदान दिने वातावरण बनाई सम्बृद्ध नेपाल निमार्णका लागि टेवा पुग्ने परियोजनाहरु ल्याउन मैले विशेष पहल गर्नकालागी भन्दै शर्माले सामाजिक सन्जाल मार्फत उपाध्यक्षमा दाबेदारी घोषणा गरेका हुन ।
शर्मा हाल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिब हुन भने त्यसअघि मध्यपुर्ब सँयोजकको भुमिका सफतापुर्बका निभाएका थिए ।