मन्त्रालय बाँडफाँडका विषयमा कुनै विवाद छैन: यादव

NewsBankNepal Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

धनुषा । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भाद्र २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।.

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँने बताए । उनले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नै नरहेको दावी गरे ।

अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको उनले बताए । त्यस्तै अध्यक्ष यादवले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप समेत लगाए । उाले लोसपासंग जसपाको कुनै प्रतिस्पर्धा नै नहुने जिकिर गरे ।उनले जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने दाबी गरे ।