एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा मलेसियाका भट्टराईको दाबी

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ,१७ भदौ । गैरआवासीय नेपाली संघको आसन्न १० औं महाधिबेशनमा मलेसियामा कार्यरत हरिप्रसाद भट्टराईले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन ।
बिगत २१ बर्ष देखि मलेसियालाई कर्मथलो बनाएर बसेका एनआरएनएन मलेसियाका निबर्तमान अध्यक्ष भट्टराईले आज काठमाण्डौमा पत्रकार सँम्मेलनको आयोजना गरेर उपसँयोजक (डिआरसी) मा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।

एनआरएन जस्तो पबित्र संस्थामा लिन हैन दिन आउनु पर्छ भन्दै पत्रकार सँम्मेलनमा भट्टराईले आफैले १५ लाख नेपाली रुपैयाजम्मा गरेर कल्याणकारी कोष बनाउनदेखि, एनआरएनए मलेसियाको आफ्नै कार्यालय स्थापना गर्न, कोभिडको समयमा ६३ सयभन्दा बढिलाई राहत तथा उद्धार मात्र नभएर ७० जनाभन्दा बढि जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सफल भएको दाबी गरेका थिए ।

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा मनाउँदै सर्वसम्मत नेतृत्व चयन गरेको मलेसियाले उदाहरणीय एनसीसीको नाम कमाएको छ । त्यही अनुभवलाई एसिया प्यासिफिक उपसंयोजकमार्फत एनआरएनएमा काम गर्ने भट्टराईको भनाई छ । ‘कोभिडका कारण धेरै काम अधुरा नै रहेका छन, अव डिआरसी पदमा रहेर श्रमिकका मुद्धालाई एनआरएनए मार्फत समाधानका लागि उम्मेदवारी घोषणा गरेको छु’ उनले भने ।


भट्टराईले आफ्ना ९ प्रतिवद्धताहरु समेत पस्केका छन जसमा एसिया प्यासिफिकका हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाउने । नेपाल र एसिया प्यासिफिकको सम्बन्धलाई व्यपारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्न पहल गर्ने । कोभिडका कारण रोजगार गुमाएका वा समस्यामा परेका, विरामी तथा जेलमा रहेका नेपालीलाई निशुल्क स्वदेश पठाउन, रोजगारका लागि पहल गर्ने ।नेपालीका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्ने । विदेशमा रहेका नेपाली नियोगसंग एनआरएनको सहकार्यलाई थप बलियो तथा प्रभाबकारी बनाउने । कोभिड महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असरका बारेमा चेतनामुलक कार्यक्रम, स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गर्ने । नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गर्ने । श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गर्ने तथा एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चाल्ने घोषणा गरेका छन ।