पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं ।नेपालमा शुक्रबार थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय ७३ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५१ हजार ९ सय ६४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ८ सय ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार २ सय ७४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल ३३ हजार ७ सक्रिय संक्रमित आइशोलेशन र २७४ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै हालसम्म नेपालमा ३९ लाख ४६ हजार १८९ वटा पिसिआर र ४ लाख ८१ हजार ८२१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।