आजदेखि कक्षा १२ को परीक्षा शुरु

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं,३० भदाै । आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ ।राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ ।

यसअघि हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

बोर्डले कोभिड(१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने भएको छ ।

पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यलाई निर्देशन दिएको बोर्डले जनाएको छ।