अश्राङ-काठमाडौं सम्पर्क मन्चमा सुदर्शन भट्ट ।

NewsBankNepal News/समाचार , Politics/राजनीति , प्रदेश , ४ वर्ष अगाडि

गणेश प्रसाद बन्जाडे, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भिमसेन थापा गाउँपालिका वडा नं ६ (अश्राङ) गोरखा–काठमाडौं सम्पर्क मन्च गठन भएको छ ।

काठमाडौंको नयाँबजार स्थित सगुन क्याफेमा भएको भेलाका संयोजक प्रदीप भट्टको अध्यक्षता, माओवादी केन्द्रका संघीय सांसद, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज चुणामणि खड्का ‘प्रकाश’को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश कमिटीका इन्चार्ज तारा कुमाल, निर्वाचन कमिटी सदस्य स्थिर प्रसाद खनाल, गण्डकी प्रदेश कमिटी सदस्य राम प्रसाद भन्तना (रामचन्द्र) र गोर्खा जिल्ला समन्वय कमिटी सदस्य रामहरि श्रेष्ठको विशेष आतिथ्यता तथा युवकराज पाण्डे,डा. हिमला श्रेष्ठ, गणेश पाण्डे र दीपक भट्ट लगायतको आतिथ्यता रहेको मन्चको भेलाले सुदर्शन भट्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

उक्त भेलाले मन्चको उपाध्यक्षद्धयमा नर बहादुर राना, डोल प्रसाद भन्तना, सचिवमा रविकिरण श्रेष्ठ, सहसचिवमा देविराम भन्तना, सहचिवमा सुरेश राना मगर, कोषाध्यक्षमा बालकृष्ण थापा र सदस्यहरुमा विशाल थापा मगर, चेत बहादुर थापा, राजु भट्ट, केदार भन्तना, समिर पाण्डे, सुमन पाण्डे, धन प्रसाद भन्तना, सुरेश श्रेष्ठ, प्रकाश तिवारी, विष्णु भन्तना, नारायण ढकाल, प्रविन थापा र रहमतुल्ला मियाँ रहेका छन् ।

त्यसैगरी सोहि भेलाले मन्चको १८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । उक्त समितिमा रामप्रसाद भन्तना, युवकराज पाण्डे, डा. हिमलाल श्रेष्ठ, डा. लोचन श्रेष्ठ, प्रदीप भट्ट, गणेश पाण्डे, दिपक भट्ट, हरिचन्द्र श्रेष्ठ, याम बहादुर श्रेष्ठ, दीपक श्रेष्ठ, चन्दन थापा, सकुन्तला देवकोटा, टोप बहादुर थापा, ज्योलन्त श्रेष्ठ, परशुराम भट्ट, सागर पाण्डे, राजेन्द्र पाण्डे र दिलेन्द्र पाण्डे रहेका छन् ।