एनआरएनले सरकार बिरुद्ध मुद्दा हाल्यो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

काठमाडौं, ११ मँसिर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकार बिरुद्ध अदालतमा रिट दायर गरेको छ । सँघले कुमार पन्त नेतृत्वको कार्यसमितिलाई निष्क्रिय बनाउने र निर्वाचन आयोजना गर्ने जिम्मा संरक्षक समितिलार्ई प्रदान गर्ने परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध आज मुद्दा दायर गरेको हो ।
उच्च अदालत पाटनमा उत्प्रेषणको आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध मुद्दा दायर गरिएको जानकारी अध्यक्ष कुमार पन्तले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।
सरकार विरुद्धको उक्त निवेदनमा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले वर्तमान कार्यसमिति नै चुनाव सम्पन्न गर्ने बताएका थिए ।
‘परराष्ट्रमन्त्रीको नियत नै गलत देखिएको छ । ढुक्क हुनूस वर्तमान कार्यसमितिले नै चुनाव आयोजना गर्छ’ पन्तले भने, ‘यो अवस्था आउनुको नैतिक जिम्मेवारी मैले पनि लिन्छु तर, त्यसले सबै साथीहरुलाई न्याय हुने थिएन । नेतृत्वको कार्य विधानलाई पालना गराउनुपनि हो ।’
परराष्ट्रको कदमलाई अनुचित भएको बताउँदै उनले अदालतले सरकारको कदमलाई सच्याउने अपेक्षा व्यक्त गरेका छन ।