जाजरकाेटमा भएकाे बस दुर्घटनामा ५ जनाकाे मृत्यु

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि

 जाजरकोट। भेरी नगरपालिका १३ कुदुमा आज बिहान भएकाे बस दुर्घटनामा ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने २७ जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर दुर्घटनामा परेकाे थियाे ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन् ।

घाइते २७ जनालाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी मधुकुमार थापाले बताए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।। उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइँदैछ ।

 बसमा ३२ जना यात्रु सवार थिए ।बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।