कठमाण्डौ, १८ मँसिर । नेपाल रेडियोलोजिस्ट एसोसिएसनको प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री विरोध खतिवडा लाई भेटी रेडियोलोजिस्टका समस्याका वारेमा जानकारी गराएको छ । अध्यक्ष प्रा डा हेन्सन खड्काको नेतृत्त्वमा गएको एसोसियसनको टोलिले देशमा भईरहेका अल्ट्रासाउण्ड लगायतका रेडियोलोजि सम्वन्धि सेवाहरुको अनाधिकृत प्र योगको विषयमा छलफल गरेको थियो । उक्त अवसरमा एसोसिएसनले स्वास्थ्य मन्त्री खतिवडालाई ज्ञापन पत्र समेत बुझाएको थियो । ज्ञापन पत्रमा देशमा अनाधीकृत रुपमा भैरहेको अल्ट्रासाउण्ड लगाएतका रेडियोलोजी सम्बन्धि सेवा हरुको बारेमा जानकारी गराउनुका साथै उक्त कार्यले बिरामी स्वास्थ्य माथि नै खेलवाड हुन जाने साथै उक्त कार्य नेपाल स्वास्थ्य संस्था संचालन सम्बन्धि मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुदा सो कार्य लाइ निरुत्साहित गर्न तथा आवश्यक कारबाही गर्न माग गरेको छ
।


ज्ञापनपत्रमा देशमा संचालित रेडियोलोजी सम्बन्धि सेवाहरु प्रदान गर्ने स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न बरिस्ठ रेडियोलोजिस्टको संयोजकत्व मा नेपाल रेडियोलोजिस्ट एसोसिएसनको समेत प्रतिनिधित्व हुनेगरी ऊच्चस्तरिय संयन्त्र गठन गर्न समेत माग गरेको छ। रेडियसन को क्षेत्रमा काम गर्ने सम्पूर्ण स्वास्थ्य कर्मीहरुलाई समान रुपमा रेडीयसन हजार्ड भत्ताको व्यबस्था मिलाउन, अन्तरास्ट्रिय मापदण्ड अनुसार रेडियसन को क्षेत्रमा काम गर्ने सम्पूर्ण स्वास्थ्य कर्मीहरुलाई रेडियसन डोजिमिटर उपलब्ध गराउन तथा सरकारी स्वास्थ्य संस्था हरुमा रेडियो लोजिस्टको दरबन्दी बढाई दूरदराज का नागरिकको यो सेवामा पहुच पुर्याउन पनि माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री खतिवडाले आफुले यी मागहरुलाई सकारात्मक रुपमा लिदै पुरा गराउन पहल गर्ने बताएका थिए । साथै पहिलो मागको सम्बन्धमा नियमनकारी निकाय नेपाल मेडिकल काउन्सिल संगको समेत समन्न्व्यमा काम गर्न नेपाल रेडियोलोजिस्ट एसोसिएसनलाइ सुझाब दिएका थिए ।

