दुई हजार ५९८ निमावि शिक्षकका लागि जागिर खुल्याे

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि


काठमाडाैं । शिक्षक सेवा आयोगले दुई हजार ५९८ निमावि शिक्षकका लागि जागिर खुलाएकाे छ ।

आयोगले बुधबार एक सूचना जारी गर्दै खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हाे । 

जसअनुसार निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका आवेदन माग गरेको छ ।

परीक्षा चैत १७ गते हुने जनाउँदै आयोगले एक महिनाभित्र आवेदन दिन भनेकाे छ ।