बिधालय सन्चालनको बाताबरण बनाउन प्याब्सनद्धवारा मेयरको ध्यानाकर्षण

Dipak Pudasaini Latest Update , News/समाचार , प्रदेश , स्वास्थ्य , ४ वर्ष अगाडि

काठमाण्डौ, १७ माघ । निजि तथा आवासिय बिधालय अर्गनाईजेसन (प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीले मेयर कृष्णहरी थापालाई भेटी नगरपालीका भित्रका बिधालय सन्चालनको वाताबरण बनाउन आग्रह गरेको छ । नगरपालीकाका प्रबक्ता राजाराम पुडासैनी द्धवारा जारी बिज्ञप्ती अनुसार प्याब्सनले माघ मसान्त सम्म बिधालयमा कोरोना बिरुद्धको खोप अभियान सन्चालन गर्नुपर्ने, खोपको मात्रा पुरा लगाएपछी स्वास्थका मापदण्ड पालनागरी भौतिक उपस्थितीमै बिधालय सन्चालन गर्नुपर्ने, बिधालयहरुले स्वास्थ मापदण्ड पालना गरे नगरेको नगरपालीकाले नियमित अनुगमन गर्नुपर्ने, बिधालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई बुस्टरडोज खोपको ब्यबस्था हुनुपर्ने तथा स्कुल जाने उमेर ५ देखी ११ बर्षका बिधार्थीको खोपकालागी नगर प्रमुखले सँम्बन्धित निकायमा पहल गर्नुपर्ने लगायतका मागराखी ज्ञापनपत्र समेत बुझाएका थिए ।
मेयर थापाले प्याब्सनका पदाधिकारीहरुलाई उल्लेखित मागहरु सकारात्मक रहेको र ति माग पुरा गराउन आबश्यक पहलगर्ने आश्वासन दिएको पनि बिज्ञप्तीमा जनाइएको छ ।