काठमाडौंको गोकर्णेश्वरमा पनि बर्डफ्लू पुष्टि

NewsBankNepal Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । नगरपालिकाकाे वडा नं ३ बालुवा भन्ने स्थानमा स्थानीय किसानले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको मन्त्रालयले जनाएकाे छ।चितवनको राप्ती नगरपालिका–६ मा पालिएको कुखुरामा पनि बिहीबार बर्डफ्लूको संक्रमण पुष्टि भएको थियो ।