काठमाण्डौ, ४ फाल्गुन । कागेश्वरी मनोहरा नगरपालीका ९ स्थित सनसिटी अपार्टमेन्ट परिसरमा बुद्धको स्थापना गरिएको छ ।

नगरपालीकाको सहयोगमा निर्मित २ लाख २० हजार लिटर क्षमताको भुमिगत खानेपानी ट्याङ्कीको मथिल्लो भागलाई सदुपयोग गर्दै बुद्धको प्रतिमा स्थापना गरिको हो । उक्त प्रतिमाको आज एक समारोहका बिच प्रमुख अतिथी एबँ नगर प्रमुख कृष्णहरी थापाले अनाबरण गनुभएको हो ।

कार्यक्रममा नगर प्रमुख थापाले नगरवासीले तिरेको कर नगरवासीकै हितकालागी उपयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले गोठाटारमा बृहत खानेपानी अयोजना अन्तरगत काँडाघारी खानेपानी सन्चालनको अन्तिम तयारीमा रहेको र उक्त आयोजनाको पानीलाई समेत नबनिर्मित भुमिगत ट्याङ्कीमा ल्याउने योजना रहेको जानकारी दिनुभयो ।

सनसिटी वेलफेयर सोसाइटीका अध्यक्ष तिलक बस्नेतको अध्यक्षतामा सँम्पन्न कार्यक्रममा प्रतिमा स्थापनार्थ ९५ जनाले २ लाख ४४ हजार स्वच्छिक सहयोग प्रप्तभएको र जम्मा २ लाख ५२ हजार ५ सय खर्चभएको बिबरण समेत सार्बजनिक गरिएको थियो ।

९ नँ वडाका अध्यक्ष कुन्दन खड्काको बिशेष अतिथ्यतामा खादा तथा फुल चढाएर बुद्ध प्रतिमा अनाबरण गरिएको थियो भने भिक्षु आङफुरी शेर्पाले प्रतिमामा प्राण प्रतिष्ठा गर्नुभएको थियो ।

