चामुण्डामा ८१ जनाले रक्तदान गरे

Dipak Pudasaini Latest Update , News/समाचार , प्रदेश , स्वास्थ्य , ४ वर्ष अगाडि

काठमाण्डौ, ७ फाल्गुन । चामुण्डा माबि नारायणटार जोरपाटीबाट आज ८१ प्रिन्ट रगत सँकलन भएको छ । मदन भण्डारी फाउण्डेसन गोकर्णेश्वर नगर कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको सँयोजनमा भएको रक्तदान कार्यक्रमबाट उक्त रगत सँकलन भएको हो । ‘ईमरजेन्सी अबस्थामा बाहेक बर्षमा कम्तिमा पनि ४ पटक रक्तदान कार्यक्रम आयोजना गर्छौ र यस्तो मानबिय कार्यले हामिलाई सन्तुष्टी मिल्छ’ मदन भण्डारी फाउण्डेसनका गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष केशब प्रसाद सिँखडाले भन्नुभयो ।
कार्यक्रम काठमाण्डौ क्षेत्र नँ ३ का प्रतिनिधी सभा सदस्य एबँ मदन भण्डारी फाउण्डेसनका केन्द्रिय सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा सँम्पन्न भएको थियो ।