काभ्रे, बैशाख १ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेद्वार छनोट गरेको छ ।
एकीकृत समाजवादीका तर्फबाट मण्डनदेउपुर नगरपालिका युवा संघका अध्यक्ष श्याम नेपाललाई सर्वसम्मत तवरबाट अध्यक्षमा सिफारिस गरेको हो ।
सामाजिक क्षेत्रमा सक्रिय श्याम नेपाल जोगिटार टोल विकास संस्थाका अध्यक्ष समेत हुन । उक्त संस्था वडाकै उत्कृष्ट रहेको १० नम्बर वडा कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
श्यामको नेतृत्वमा मण्डनदेउपुर क्षेत्रकै उत्कृष्ट पार्क जोगिटार हरित पार्क निर्माण सम्पन्न भैसकेको छ भने जोगिटार पाटि गुठि, जोगिटार खेल मैदान निर्माण को अन्तिम चरणमा छन ।
कृषि र पर्यटन मार्फत यस क्षेत्रका मानिसहरुको जिवन स्तर उकास्न सकिने श्यामले बताए । राजधानीबाट नजिक भएपनि यस क्षेत्रमा उत्पादन भएको कृषि उपजले बजार भाउ पाउन नसकेको अवस्थामा त्यसलाई ब्यवस्थित र सहज बनाउन लागि पर्ने अवस्था आएको बताउदै, “आर्थोपार्जनको मुख्य आधार कृषि भएको र यसैलाई व्यावसायिकरुपले अगाडि बढाउन साथै यहाँका अन्य समस्याहरुको समाधानकोलागि लागिपर्ने यस वडाका युवाहरु लगायतलाई समेटेर अगाडि बढ्ने प्रण गरेको छु ।” उनले भने ।

