४७ पदका लागी कागेश्वरी मनोहरामा २ सय २९ जनाको उम्मेद्दवारी (सँम्पुर्ण उम्मेद्दवारको नामावली सहित)

Dipak Pudasaini Banner Headline with Image , Latest Update , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

नगर प्रमुखमा ११ उपप्रमुखमा ७ जनाको दाबी

काठमाण्डौ,१३ बैशाख । कागेश्वरी मनोहरा नगरपालिकामा ४७ पदका लागी बैशाख ३० गते हुने स्थानिय निर्बाचनका लागी २ सय २९ जनाको उम्मेद्दवारी दर्ता भएको छ । नगर प्रमुखमा बर्तमान मेयर कृष्णहरि थापा सहित ११ जनाको दाबी रहेको छ । जसमा ५ जनाले स्वतन्त्र मनोनयन गरेका छन भने ६ जना दलका आधिकारीक उम्मेद्दवार हुन । त्यसैगरी एकजना स्वतन्त्र सहित नगर उप प्रमुखमा ७ जनाले मनोनयन दर्ता गराएका छन ।

नगर उप – प्रमुख


स्थानिय तहको निर्बाचनका लागी तोकिएको उम्मेद्दवार मनोनयन दर्ताको समय बैशाख ११ र १२ मा सकिदा ९ जना वडा अध्यक्षका लागी ५२ जनाको उम्मेद्दवारी परेको छ भने ९ महिला सदस्यमा ४४ जना १८ खुल्ला सदस्यका लागी ८२ तथा ९ दलित महिलाका लागी ३३ जनाको दाबी रहेको छ ।
आज बेलुका ५सम्म उम्मेद्दवारको बिरुद्ध उजुरी दिने समय रहेको निर्बाचन आयोगले जनाएको छ भने १४ र १५ गते मनोनयनपत्रको जाँच तथा उजुरी उपर निर्णय गरी १५ गते साँझ ६ बजे उम्मेद्धवारको नाम प्रकाशन गर्ने तथा १६ गते बेलुका ५ बजे सम्म उम्मेद्दवारले नाम फिर्ता लिएपछी सोहि दिन साँझ ६ बजे उम्मेद्दवारको अन्तिम नामावली प्रकाशन गरिने समेत निर्वाचन आयोगको सुचनामा जनाईएको छ ।

वडा अध्यक्ष
वडा अध्यक्ष