सुनौलो तारकेश्वर नगरपालिकाको लागि उपमेयरमा सिर्जना बुर्लाकोटी

Dipak Pudasaini Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ । “राजनीति मेरो पेशा होइन सेवा हो” भन्दै तारकेश्वर नगर पालिकाको उपमेयरमा प्रत्यासी रहनुभएकी सिर्जना बुर्लाकोटीले यहाँको अबस्था बदल्न आफुलाई एक पटक भोट दिन आग्रह गर्नु भएको छ ।

को हुन् सिर्जना ?
२०४१ चैत्र ८ मा तारकेश्वर नगरपालिकाको वडा नँ ५मा जन्मनु भएकी बुर्लाकोटी बिगत १६बर्ष देखि राजनितीमा सक्रिय हुनुहुन्छ । समाजसास्त्र तथा ग्रमिण बिकाशमा मास्टर्स गरेकी बुर्लाकोटी नेपाली काँग्रेसको भातृसँगठन नेपाल महिला सँघको २ कार्यकाल क्षेत्रीय सदस्य, २०७२ सालमा काठमाण्ठौ क्षेत्र नँ ७ को कोषाध्यक्ष तथा बर्तमान सचिब समेत हुनुहुन्छ । हाल उहाँ हरित नेपाल सेवा केन्द्रको सचिब, तारकेश्वर चेम्बर्सको उपाध्यक्ष, टाइम्स एकेडेमी स्कुलको तथा ह्याम्स स्कुल रातोपुलको सँस्थापक, जेष्ठ सहकारीको लेखा समितीको सँयोजक, निरमायाँ प्राकृतिक अस्पतालको निर्देशक, सामुदायीक प्रहरी सँजालको कोषाध्यक्ष सँघर्षसिल महिला समुह ५ नँ वडाको अध्यक्ष काठमाण्डौ उपभोक्त मँच तथा उपभोक्ता एकता मँन्चको उपाध्यक्ष हुनुहुन्छ । साथै बुर्लाकोटीसँग नेपाल गुणस्तर बिभाग, गुणस्तर मापन केन्द्रको सदस्य भै ३ बर्ष काम गरेको अनुभब समेत छ ।

यसकारण सिर्जनालाई भोट :
यतिधेरै अनुभब, दक्षता र क्षमता भएकि महिला सिर्जना बुर्लाकोटीले आफुले उपमेयरमा चुनाब जितेमा तारकेश्वरमा गर्ने कामको बिबरण समेत सार्बजनिक गर्नु भएको छ । आफ्नो दक्षतालाई नगरपालीका भित्र प्रयोग गर्दै उहाँले गुणस्तर मापनको ज्ञानलाई योजना अनुगमनमा लगाउने बताउनु भएको छ । त्यसैगरी हरित नेपाल सेवाकेन्द्रको ज्ञानलाई कौशी खेती, गमला खेती, बफरजोन समस्या निराकरण, करिडोर बिक्षारोपण तथा उध्यानमा लगाउने बताउनु भयो ।
अस्पतालको ज्ञानले महिला, बालबालिका फरक क्षमताभएका नागरिक तथा बृद्दबृद्दाहरुको नियमित स्वास्थ परिक्षण तथा दिवा सेवाकेन्द्र स्थापना गर्ने, हरेक समस्यालाई सल्लाह सुझाब तथा समन्वयका आधारमा समाधान गर्ने, गरि घरदैलो अभियानमै नागरिकका समस्या नोट गर्दै हिड् नुभएको छ ।
हाल कायम रहेको बिबादिन कानुन सँसोधनमा पहल गर्ने, वडाको समस्या वडामै समाधान गर्नेगरि हरेक वडामा न्यायिक डेस्क तथा लिखत प्रयोजनका लागी हेल्प डेस्क राख्ने, उजुरी बर्गिकरणमा प्राथमिकता दिने, महिला, बालबालिका तथा लैगिक समानता मैत्री सँरचना तयार गर्दै मानबताको शहर तारकेश्वर नगर बनाउने अभियानमा लाग्नु भएकी सिर्जना बुर्लाकोटीले आफ्नो १६बर्षको नेतृत्व क्षमताका कारण पनि नेपाली काँग्रेसको तर्फबाट उममेयरमा चुनाब जितेर तारकेश्वरको सुनौलो भबिश्य कोर्ने अभियानमा हुनुहुन्छ ।