काठमाडौं । बैशाख ३० गते हुन गैरहेको आसन्न स्थानिय निर्वाचनमा गोदावरी नगरपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउनका निमित्त राप्रपाबाट मेयरमा सफल युवा ब्यावसायी लपु चापागाउँ लुबु ११ का राजकुमार महर्जनको चर्चा चुलिएको छ । बिगत एक दशक देखि समाजसेवा र भ्रष्टाचार बिरुध्दको आवाजलाई नेतृत्व गर्दै आईरहेका युवा उम्मेद्दवार महर्जनलाई गोदावरीवासी जनसमुदायले पूर्ण रुपमा साथ सहयोग सहित र भोटहाल्न लालायीत रहेको राप्रपाको चुनाव प्रचार, प्रसार समितिले बताएको छ । यतिबेला मेयरको दावेदार महर्जन आफ्नो चुनावी एजेण्डा लिएर नगरवासी माझ घरदैलो कार्यक्रममा ब्यस्त छन् ।
चुनावको समय नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रतिबद्धता ‘घोषणापत्र’ अनुसार मुलुकको गौरवपूर्ण इतिहास, धर्म, संस्कृतिको संरक्षण एवं राष्ट्रिय राजनीतिको विकल्प,भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबैवर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनावी अभियानमा छ । जस अनुसार चुनाब जितेको छ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
यसैगरी, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमा र सुरक्षित बाल स्वास्थ्यको विषय राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
उत्पादनलाई प्राथमिकतामा राखेर किसानको खेत–खेतमा बिजुली, बालीनाली क्षति भएमा कृषि तथा बाली बीमाको व्यवस्था, चार वर्षभित्र आधारभूत खानेपानीको सुरक्षा, एक घर, एक धारा जस्ता विषय राप्रपाको चुनावी प्रतिबद्धतामा उल्लेख छ । यससँगै जातीय छुवाछूतको पूर्णरुपमा अन्त्य, ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक निःशल््क आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था, भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउन बत्ती, खानेपानी, ढल आदिको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता राप्रपाले व्यक्त गरेको छ ।
महर्जनले यि सबै प्रतिबद्दता अक्षरस पालना तथा कार्यान्वयन गर्ने बताएका छन ।

