असार अन्तिम साता ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ हुने

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाडौं १२ जेष्ठ । असार अन्तिम साता ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ हुने भएको छ । २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतलाइ ४१ बिधामा सम्मान गरिने कार्यक्रम जिनियस म्यूजीक प्रालिले आफ्नो बार्षिक उत्सबको अबसरमा आयोजना गर्न लागेको हो । दशक बढी समयदेखि गीत, संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले
प्रेस बिज्ञप्तीमा जनाए अनुसार अवार्डका लागि आवेदन फाराम खुला भएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ । कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार यही ज्येष्ठ २० गते उत्कष्ट ५ मनोनयन सार्वजनिकको तयारीमा रहेको कार्यक्रममा ज्येष्ठ १५ गतेसम्म फाराम बुझाउने अन्तिम समय रहेको छ ।