नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा के.सी. र हमाल

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं, १७ जेठ । आगामी ३ असारमा सँघिय राजधानी काठमाण्डौमा तेस्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को आयोजना हुने भएको छ । नेपालमा कृिष र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृध्दि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस के.सी. र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् ।
कृषि प्रधान मुलुक नेपालमा कृषिकर्मको आफ्नो छुट्टै विशिष्ट पहिचान छ । परम्पराकाल देखि चल्दै आएको कृषि पेशालाई समयानुकुल परिवर्तन गरि आधुनिक कृषि पद्वतीसंग जोड््न सकिएको खण्डमा यसको गरिमा र अस्तित्व अझ परिष्कृत भई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रसिद्वि पाउने कुरामा कसैको दुईमत छैन । तथापि नेपालमा कृषि पेशालाई तुच्छ मानेर यसको व्यावसाययिक महत्वलाई अझै पनि ओझेलमा पार्न खोजिँदै छ । कृषि क्षेत्रमा आफ्ना कर्मठ र पौरखी हातहरु चलाएर व्यावसायिक रुपमै कृषि कर्ममा लागेकाहरुको उचित मूल्यांंंकन हुनु आजको आवश्यकता पनि हो ।
कलाकार, चलचित्र निर्देशक, संचारकर्मी एवं तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ का मुल समारोह समितीका अध्यक्ष शेखर खनालका अनुसार मुलुकमा कृषि क्षेत्र र कृषक उत्थानका लागी कृषी अवार्ड २०२२ ले सकारात्मक भुमिका निर्वाह गर्ने छ ।
अवार्डको ब्राण्ड एम्बेस्डरमा नियुक्त नायक दिनेश के.सी.नेपालमा चलचित्र क्षेत्रमा एक आशा लाग्दो नायकको रुपमा २०६६ सालदेखि सक्रिय छन । नायक के.सी. ले खतरनाक, वादशाह, लाले, दानव जस्ता ठुलोेपर्दाका चलचित्रहरुमा आफ्नो अभिनय कौशलता प्रदर्शन गरिसकेका छन् । अभिनय, कला र संगीत मार्फत आफ्नो प्रतिभालाई दर्शक स्रोता सामक्ष उजागर गरिरहेका नायक के.सी संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन । के.सी.नेपाल टेलिभिजनबाट प्रशारण हुने भौतिक पुर्वाधार विकाससंग सम्बधित टेलिभिजन कार्यक्रम “विकास र वहस” को कार्यक्रम संयोजकको रुपमा कार्यरत छन् ।
त्यस्तै विगत लामो समय देखि नेपाली लोक दोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल लोक गायिका राधीका हमालले क्याम्पस पढ्न आउने जस्ता लोकप्रिय गितहरु गाएर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भइसकेकी छन् ।