काठमाण्डौ, १९ असार । किसानको जीवनस्तर उकास्दै राष्टनिर्माणमा टेवा पुर्याउन स्थानिय सरकारले अब प्रोत्साहन स्वरुप गाईभैसीलाई सुत्केरी भत्ता उपलब्ध गराउने तयारी गरेको बाग्माती प्रदेश साँसद एबँ पुर्बमन्त्री रामेश्वर फुँयालले बताउनु भएको छ । कागेश्वरी मनोहरा ३ स्थित आदर्श यूवा कृषी तथा पशुपँक्षी समुहबाट नेपाल सरकार बागमती प्रदेश भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र ललितपुरको सहयोगमा अति बिपन्न कृषकहरुलाई पाडापाडी बितरण कार्यक्रममा साँसद फुँयालले उक्त कुरा बताउनु भएको हो ।

‘भैसी हुन काला सुन’ भन्ने नारा बागमती सरकारले आर्थिकबर्ष २०७४ / ७५ मै पारित गरेको बताउँदै साँसद फुँयालले शारिरीक श्रम गर्नेको सम्मान र उत्थान गर्न बागमति प्रदेस सरकार कटिबद्य रहेको पनि स्मरण गर्नु भयो । (साँसद फुँयालकै पहलमा ६ महिना पहिले पनि २२ पाडापाडी बितरण गरिएको थियो जसमध्धे १८ जिबीत र स्वस्थ छन भने आजपनि रु ५ लाख सहयोगमा २२ पाडापाडी बितरण गरिएको हो । )
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनीले पाडापाडीको उचित हेरचाह र स्याहार सुसार गर्न आग्रह गर्दै बितरण गरिएका पाडी सुत्केरी भएपछी भत्ता उपलब्ध गराउन वडाले कार्यआरम्भ गरेको जानकारी दिनुभयो ।

आदर्श यूवा कृषी तथा पशुपँक्षी समुहका अध्यक्ष हरिहर कुँइकेलले राज्यले पाल्न दिएको पाडी नबेच्न आग्रह गर्दै बिक्रि गरेमा भैसीको रकम तिर्नुपर्ने बताउनु भयो । कुँइकेलले भन्नुभयो पाडीको बिमा गरिएको छ केहि भएमा हामिलाई खबर गर्नुहोला हामी अर्को पाडी उपलब्ध गराउँछौ तर बेच्नु भयो भने ४ गुणा भन्दा बढी सम्म हर्जाना तिर्नुपर्ने हुन्छ ।
शिखर इन्सुरेन्सका प्रतिनिधी राजु घोरासैनीले पाडीको १ बर्षको बिमा गरिएको र हरेक बर्ष नबिकरण गरिने बताउनु भयो ।
पाडी पाउनु हुने मध्धेबाट कृषक गायत्री पुडासैनी घिमिरेले सरकारले किसानको मर्का बुझेर पाडी उपलब्ध गराएकोमा धन्यबाद ब्यक्त गर्दै यस्ता किसानमुखी कार्यक्रमको निरन्तरताको लागी आग्रह गर्नुभयो ।

