मनोरन्जका क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सुरक्षित आप्रवासन अभिमुखीकरण तालिम

Dipak Pudasaini Education , Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रदेश , प्रवास , २ वर्ष अगाडि

काठमाण्डौ, १ श्रावण । बैदेशिक रोजगार अनिबार्य र अपरिहार्य भै सकेको सन्दर्भमा यसलाई कसरी सुरक्षित, मर्यादित र ब्यबस्थित बनाउन सकिन्छ तथा त्यहाँबाट प्राप्त
विप्रेषणलाई कसरी सदुपयोग गराउन सकिन्छ भन्ने सन्दर्भमा हालै एक कार्यशाला सँम्पन्न भएको छ । बिश्वास नेपाल नामक गैर सरकारी सँस्थाको सहकार्यमा पश्चिमान्चल बिश्वबिधालय मार्फत सुरक्षित आप्रवासन सँम्बन्धमा सोधपत्र तयार गर्दै गरेका बिधार्थीहरु अभिमानसिह लामा, बिनोद कार्की तथा बिजया गोदारले होटल, रेष्टुरेन्ट तथा दोहोरी साँझ लगायत मनोरन्जका क्षेत्रमा श्रमरत श्रमिकहरुलाई सुरक्षित आप्रवासन अभिमुखीकरण तालिम दिएका हुन ।
कार्यशालमा मध्य पश्मिान्चल बिश्वबिधालयका तर्फबाट अभिमानसिह लामाले बैदेशिक रोजगारीका सँम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । लामाले बैदेशिक रोजगारी के हो ? नेपालीहरु बिदेशमा श्रम गर्न जाँदा कुन क्षेत्रमा बढी गएका छन, बैदेशिक रोजगारीमा जाँदा के के कुरामा ध्यान दिनु पर्छ, के के तयारी गर्नु पर्छ, अभिमुखीकरण तालिक किन लिनुपर्ने र यसको महत्व के हो ? बिदेशमा समस्या परेमा कहाँ सम्पर्क गर्ने लगायका बिषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
त्यस्तै अर्की प्रस्तोता बिजया गोदारले बितिय साक्षरताका सँम्बन्धमा चर्चा गर्नु भएको थियो । आफुले कमाएको पैसा कसरी प्रयोग गर्ने भन्ने जानकारी दिदै तत्काल गर्नुपर्ने खर्च बचत गर्नेबानी, हरेक दिन गर्ने खर्चको हिसाब राख्ने तथा साप्ताहिक, मासिक तथा बार्षिक आम्दानी खर्चको बजेट बनाएर खर्च गर्ने बानी गर्न र आफ्नो आर्थिक अबस्था मजबुत बनाउन सिकाउनु भएको थियो । उहाँले सहभागीहरुलाई कति कमाइयो हैन फजुल खर्च नगरेर कति जोगाइयो भन्ने तिर सोच्न समेत आग्रह गर्नु भयो ।