काठमाण्डौ, ९ श्राबण । लोकगित सँगितको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तथा हाल क्यानडा बस्दै आएकी गायिका देबिका केसीले नयाँ तिजगित ‘नाइ बाबा नाई’ सँगित बजारमा ल्याएकी छिन । नेपाल तथा क्यानडामा समेत छायाङ्कन गरिएको तिज गितमा गायिका तथा मोडल प्रिती आलेको जोडदार अभिनय रहेको छ । आलेलाई राजकुमार अधिकारीले साथ दिएका छन ।
शिब हमालको शब्द सँगित रहेको ‘नाइ बाबा नाई’ बोलको तिजगितमा स्वर गायिका केसीकै रहेको छ भने सम्पादन प्रकाश धमलाले गरेका छन । स्मृती तिमल्सिनाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्यूजिक भिडियो राजेश घिमिरे र इश्वर थापाले खिचेका हुन भने भिडियो देबिका केसी युटूयूब च्यानलबाट हिजो साँझ सार्बजनिक भएको हो ।