भाद्र ४ मा खोटाङ सांगीतिक साँझ’ हुने

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाडौं ,१३ साउन । खोटाङ कलाकार समाजले आगामी भाद्र ४ मा ‘खोटाङ सांगीतिक साँझ–२०७९ आयोजना गर्ने भएको छ । समाजले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमबारे जानकारी गराएको हो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन हुने ‘‘खोटाङ सांगीतिक साँझ–२०७९’ मा खोटाङका बरिष्ठदेखि कनिष्टसम्मका कलाकारहरुको प्रस्तुती रहने समाजका अध्यक्ष तथा गायक रुपकुमार राईले जानकारी गराए । उनका अनु्सार खोटाङ कलाकार समाजको कल्याणकारी कोष निर्माणको उद्देश्यसहित सांगीतिक साँझ गर्न लागिएको हो । कार्यक्रममा राजेश पायल राई, सत्यकला राई, मिना राई, पार्वती राई, कला राई, अनिला राई, रेवत राईलगायत २० भन्दा बढी चर्चित खोटाङे कलाकाहरुले आफ्नो प्रस्तुती दिनेछन् । समाजका महासचिव लोकगायक धर्मराज पोखरेलले कार्यक्रममा अग्रजदेखि अनुजसम्मका कलाकारहरुलाई एकैठाउँमा उभ्याउने पनि सांगीतिक साँझको उद्देश्य रहेको बताए । उक्त कार्यक्रम लगत्तै समाजको अधिवेशन गर्ने योजना रहेको पनि बताइए । २०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाजको १९ सदस्यीय तदर्थ समिति गठन भएको थियो । कार्यक्रममा समाजका अध्यक्ष रुपकुमार राईका अलावा महेश खड्का, शशी गुरुङ, प्राज्ञ तथा संगीतकार शान्तिराम राई, प्राज्ञ सदस्य एवं गायिका सत्यकला राई, गायिका पार्वती राई, अनिला राईलगायतको उपस्थिति थियो ।