कलाकारलाई चलचित्र नृत्य सँघले सम्मान गर्यो

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , प्रदेश , २ वर्ष अगाडि

काठमाडौं १६ बैशाख । कला क्षेत्रमा लामो समयदेखि कामगदै आएका बिशिष्ठ कलाकर्मीहरुलाई राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८० बाट सम्मान गरिएको छ । नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसरमा आयोजित बिशेष कार्यक्रमा राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८० बाट डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमा राई, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, पल शाह, विकाश चौधरी, अमृत भारती, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाई, शान्तीप्रिय, गीता अधिकारी, तारादेवि लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई लगायतलाई सम्मान गरेको संघका सचिव लिलाधर भट्टराईले बताएका छन ।


पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा शुक्रबार जमल स्थित राट्रिय नाचघरमा सम्पन्न कलाकार सम्मान कार्यक्रम संघका अध्यक्ष जनक बहादुर कार्कीको सभापतित्वमा सँम्पन्न भएको थियो ।
नयाँवर्ष २०८० को शुभकामना आदनप्रदान सहित आयोजना भएको कार्यक्रममा चलचित्रसंघ सम्बन्धी बिभिन्न संघ, संस्थाहरुलाई सम्मान पत्र तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।