काठमाडौं, १७ जेठ । पाचौं सहारा ग्रुप सगरमाथा म्यूजिक अवार्ड २०८० को आयोजना हुने भएको छ । अर्थ नेपाल प्रालिको आयोजना तथा ज्योति विकास बैंकको प्रस्तुती रहने पाँचौ सँस्करणको अवार्ड समारोह टोखा नगरपालिका सँगको सहकार्यमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०७९ बैशाख देखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिएका छन ।
चार सँस्करण सफलता पुर्बक सम्पन्न गरिसकेको अवार्डको अन्तिम निर्णय जुरी र भोटको आधारमा हुने अवार्ड संयोजक मनोज थापाले बताए ।
सहारा ग्रुप पाचौं सगरमाथा म्यूजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागीता जनाउन सक्ने आयोजकले जानकारी दिएका छन
अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने र गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने पनि जानकारी गराइएको छ ।
अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने साथै एकजना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ ।