रोपाई गरेर धान दिवस मनाइयो

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि

२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गर्नुभएको छ ।

कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय खुमलटारमा शुक्रबार बिहान मन्त्री भुसालले धान रोप्नु भएको हो । मन्त्रीसँगै विभागका कर्मचारी, स्थानीयवासीहरु कार्यक्रममा सहभागी रहेका थिए ।