‘सबको आफ्नो ब्यथा हुन्छ, सबलाई पर्छ पिर’… भन्दै आए गिरी (भिडीयो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रदेश , साहित्य , ३ वर्ष अगाडि

काठमाण्डौ, १३ साउन । ‘बाहिर हाँसेको देख्नेले भित्री ब्यथा बुझ्दैन, चर्को घाममा श्रम गर्ने पसिनाले रुझ्ने हो झरीले रुझ्दैन … ।’ ‘हो ब्यथा सबको आफ्नो आफ्नो हुन्छ र सबैलाई कुनै न कुनै पिर चिन्ताले सताइ रहेकै हुन्छ ।’ यि र यस्तै भाबहरु समेटेर बिदुर राज गिरीले मार्मिक गित ब्यथा नेपाली सँगितीक बजारमा पस्केका छन ।
बाबुल गिरीको स्वर तथा सँगित रहेको ब्यथाको शब्द बिदुर राज गिरीले लेखेका हुन । बिनोद श्रेष्ट तथा सोनिका वास्तोलाको उत्कृष्ट अभिनय रहेको ब्यथालाई सुजाता गिरीले निर्माण गरेकी हुन भने उनकै कथालाई उमेश गुरुङले निर्देशन गरेका हुन भने उत्पदन ब्यबस्थापन प्रदिप गिरीले गरेका छन । रोशन धितालले सँम्पदन गरेको तथा बिदुरराज गिरी यूटूब च्यानलबाट रिलिज भिएको ब्यथामा बाल कलाकार ब्रिजेश राज गिरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । जसको निर्माण सुबि प्रोडक्सनले गरेको हो भिडियोको सहायक निर्देशन भने सुरज ढकालले गरेका छन ।