दोहा, ३ साउन । पसिना बेच्न कतार पुगेका नेपालीले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै जिम्मेवार पुर्बक निर्बाह गर्दै आइरहेका छन । यसको एक उदाहरण समय समयमा नेपाली समुदायले गर्ने रक्तदान पनि हो ।

बिज्ञानले आबिश्वार गर्न नसकेको र किसानले फलाउन नसकेको रगत दान बाट मात्र पाइन्छ र अर्काको जिबन बचाउन एउटाले दान गरेमात्रै पाइन्छ भन्ने बुझेका नेपालीले प्रबासमा गएर पनि आफ्नो उत्तरदायीत्व भुलेका छैनन भन्न पछिल्लो उदाहरण हो हिजो लमजुङ सेवा समाज कतारले आयोजना गरेको रक्तदान कार्यक्रम ।

समाजका अध्यक्ष सिताराम थापाका अनुसार हिजो ८१ जनाले रक्तदान गरेका थिए । नेपाली रक्तदाता सँघ कतारको समन्वयमा हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा भएको कार्यक्रममा करिब २ सय जनाको उपस्थिती रहेको पनि थापाले बताए । रक्तदान कार्यक्रमलाई कतारमा गठन भएका नेपाली सँघ सँस्था तथा सामाजिक अभियन्ताहरुले सहयोग तथा ऐक्यबद्धता जनाएको पनि अध्यक्ष थापाले जानकारी दिएका छन ।

