इरानको कोइलाखानीमा विस्फोट : ५१ जनाको मृत्यु

Bhim Thapa News/समाचार , प्रवास , ३ हप्ता अगाडि

एजेन्सी । इरानको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ
पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको त्यहाकाे सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

खानीका दुईवटा ब्लकमा मिथेन ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको छ ।

यो खानी इरानको राजधानी तेहरानबाट करिब ५४० किलोमिटर दक्षिणपूर्वमा रहेको तबासमा छ। स्थानीय समय अनुसार शनिबार राति ९ बजे (भारतीय समय अनुसार राति ११ बजे) विस्फोट भएको हो ।

दक्षिणी खोरासानका गभर्नर जावद घेनातजादेहले विस्फोटको समयमा ब्लकमा ६९ जना मानिस रहेको बताए ।