प्रवासी र रिटर्नी नेपालीको पीडा सरकारको कार्यसूचीमा समेटिनुपर्छ

Dipak Pudasaini Latest Update , Politics/राजनीति , प्रवास , बिचार , ३ मिनेट अगाडि
✍️

सरोज बास्तोला

काठमाडौं । सरकारद्वारा सार्वजनिक गरिएको १०० कार्यसूचीमा अधिकांश योजना सकारात्मक र आशाजनक देखिए पनि प्रवासी नेपाली तथा प्रवासबाट फर्केका रिटर्नीहरूको महत्वपूर्ण विषय आउदा दिनमा महत्त्व का साथ समेटिनु पर्छ । देशको आर्थिक, सामाजिक र प्राविधिक विकासमा प्रवासी नेपालीहरूको ठूलो योगदान रहँदै आएको छ। तर, उनीहरूको सीप, अनुभव र पूँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने स्पष्ट नीति र कार्यक्रमको अभाव देखिएको छ। रिटर्नी नेपालीहरूको व्यवस्थित डाटा संकलन, “रिटर्नी हेल्प डेस्क” स्थापना, प्रवासी पूँजीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने नीति, सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल तथा सीप हस्तान्तरणलाई संस्थागत गर्ने जस्ता विषय तत्काल प्राथमिकतामा राखिनु पर्छ । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा, बीमा, कानुनी संरक्षण र राहत प्रणालीलाई प्रभावकारी बनाउनअति आवश्यक छ । दुर्घटना वा संकटमा परेका कामदार र उनका परिवारले छिटो र न्यायोचित सहयोग पाउने व्यवस्था अझ सुदृढ हुनुपर्ने छ। प्रवासी नेपालीहरू केवल रेमिटेन्सको स्रोत मात्र नभई राष्ट्र निर्माणका महत्वपूर्ण साझेदार हुन्। उनीहरूको सीप, अनुभव र पूँजीलाई सही ढंगले परिचालन गर्न सके नेपालको समृद्धि यात्रामा उल्लेखनीय गति लिन सक्छ सरकार, निजी क्षेत्र र प्रवासी/रिटर्नी समुदायबीच सहकार्य र समन्वय बढाउँदै यस्ता विषयलाई नीति तथा कार्यान्वयनमा समेट्नु अहिलेको मुख्य आवश्यकता देखिन्छ ।

( लेखक नेपाल पत्रकार महासंघ, कतार शाखाका पूर्व–सल्लाहकार समेत हुन । )