मेक्सिकोमा शक्तिशाली भूकम्प, डेड सय भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

arjun Others/अन्य , ७ वर्ष अगाडि

मेक्सिको सिटी, ४ असोज (रासस)।  मेक्सिकोमा गए  राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी डेड सय जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ ।

अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर बढी सतहमा गरिएकोले ठूलो जनधनको क्षतिको अनुमान गरेको जनाएका छन् । मध्य मेक्सिकोको मोरलोस् सहरमा मात्र ५४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले ५४ जनाको शव भेटिएको र अरु कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरेका छन् ।

मध्य मेक्सिकोका जोजुत्ला, कयुरोनभाका, टेटेकाला, माइकाल्टान नामका सहरहरुमा बढी क्षति पुगेको अनुमान गरिएको मेक्सिको सरकारका मुख्य सचिव मातिलास क्वीरोजले जानकारी दिए  । उनका अनुसार भूकम्पपछि देशैभरी ठूलो त्रास छाएको छ । उद्धारको कार्य जारी रहेको भए पनि पराकम्पनहरु आइरहेकोले चुस्त हुन नसकिरहेको उनले जानकारी दिए  ।