बडादशैंको टीकाको उत्तम साइत भोली (शनिवार)बिहान ११ बजेर ५५ मिनेटमा

arjun Others/अन्य , ७ वर्ष अगाडि

काठमाण्डौ,१३ असोज । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत भोली (शनिवार)बिहान ११ बजेर ५५ मिनेटमा परेको छ । त्यस अघि बिहान ८ बजेर १ मिनेटको शुभ साइतमा देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।दशैंको टीकाको दिन टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुनेछ ।