देउडा गित ‘चोली चौबन्दी भाग-२’ सार्बजनिक

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , प्रदेश , २ महिना अगाडि

काठमाडौं ४ जेष्ठ । लोक डेउडा गायन क्षेत्रका धरोहर बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ ।
कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ ।
गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ । सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस्, क्यामरा अमृत उपाध्याय, निर्देशन भिम थापा, एरेन्ज कृष्ण बाजुराली, रेकर्डिङ द न्यु इरा रेकर्डिङ स्टुडियो अनामनगमा भएको हो ।
भिडियोमा श्रीजल दहाल र आरोही मल्लका साथै सत्यवती एकडेमी परिवारका छात्र, छात्राहरु डेउडा खेलमा सोही एकडेमीका प्रबन्धक बीर बहादुर कडायत, प्रिन्सिपल यशोदा ध्याडी कडायत एकडेमीका शिक्षक, शिक्षिकाहरु देखिएका छन् ।