हरिवनमा मौलिक लोकबाजा प्रशिक्षण शुरु

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , प्रदेश , ३ वर्ष अगाडि

सर्लाही,२६ माघ । मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सर्लाहीको हरिवनमा सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेको प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले जानकारी दिएका छन ।


चेतना सन्देश नेपालको स्थानीय व्यावस्थापनमा हरिवन ५, स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भैइरहेको छ । प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एबं बेची लुङेलीले ढोलक र मादल बजाएर तालिमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले कार्यक्रममा मधेसको पहिचान ढोलकसंगै मादलको संयोजन गरि प्रशिक्षण कार्यक्रमलाई सहकार्य गर्न पाएकोमा आयोजक संस्था प्रति आभार ब्यक्त गरेका थिए । प्रदेश सदस्य द्धवयले यस किसिमको प्रशिक्षण मधेस प्रदेशमा संचालन गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिनुका साथै आवश्यक सहयोग गर्ने वचन दिएका थिए ।
साँस्कृतिक संस्थानका पुर्ब महाप्रबन्धक राजेश थापाले प्रत्येक बिधालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिए । नेपाली मौलिक संगीतलाई बिश्व स्तरीय बनाउन निरन्तरुपमा सैद्धान्तिक र व्याबहारिक पक्षबाट दक्ष बाध्यबादक प्रसस्तरुपमा उत्पादन गर्नु पर्छ । त्यसको लागि निरन्तर गाउँ स्तरसम्म संगीत प्रशिक्षण गराउन जरुरी भएको प्रतिष्ठानका संगीत बिभाग प्रमुख प्राज्ञ अशोक राईले बताएका थिए । कार्यक्रममा सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले चन्द्रलाल केप्छाकी लगायतले मन्तव्य आ आफ्ना धारणा राखेका थिए । बरिष्ठ ताल बाध्य बाधक भरत बुडाथोकीले प्रशिक्षण दिने कार्यक्रम माघ २५ मा शुरुभई फागुन ५ सम्म चल्ने छ ।