अहिले सम्म कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)

arjun स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाडौँ १९  असार  ।  गत असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ भने मत परिणाम आउने क्रमपनि चलिरहेको छ ।

अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार नेकपा एमालेले सबैभन्दा बढी तहमा जितेर पहिलो बनेको छ भने दोस्रोमा नेपाली कांग्रेस रहेको छ । प्रचण्डको माओवादी केन्द्र भने पहिलो चरणमा जस्तै यसपटक पनि तेस्रो स्थानमा नै थन्किएको छ ।

प्राप्त पछिल्लो तथ्याङ्क अनुसार एमालेले १२६     , कांग्रेसले १०८  र माओवादी केन्द्रले ३६  स्थानमा जितेका छन् यस्तै फोरम नयाँशक्ति ६ , फोरम लोकतान्त्रिक ६    ,राप्रपा ३    र स्वतन्त्रले २ स्थानमा जित हासिल गरेका छन ।