‘मैले सत्र हजार मान्छे मारेको छैन, त्यसैले खुट्टा कमाउँदिन’ – प्रधानमन्त्री ओली

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , साहित्य/ पुस्तक , २ हप्ता अगाडि

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा वली, नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा र ॐ आदि बाल गुरु आदित्यनाथले हिजो सँचार उध्यमी तथा क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ विमोचन गरेका छन । काठमाडौं स्वयम्भुस्थित सशस्त्र प्रहरी बलको स्व. कृष्ण मोहन स्मृती सभाहलमा उक्त पुस्तक बिमोचन गरेका हुन ।


बिमोचन कार्यक्रमलाई सँबोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै आफुले खुट्टा नकमाउने बताएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीले चर्को स्वरमा बोल्दैमा आफूले खुट्टा नकमाउने बताएका हुन।ु प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दैथिए, मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने प्रधानमन्त्री ओलीले भने। उनले चर्को स्वरमा बोल्ले प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने पनि बताए।
इतिहासको एउटा खण्डको हामीले उद्‍घाटन गरेका छौं। पुनः स्मरण गरेका छौं। इन्टु द फायर ६ वर्ष अगाडि ुबारुदमाथि उड्दा शीर्षकमा नेपाली ग्रन्थमा लेखिएर प्रकाशित भएको थियो। त्यसमा केही रचनाहरू थपेर इन्टु द फायर प्रकाशित भएको हो। यस कार्यका लागि क्याप्टेन रामेश्वर थापालाई बधाई दिन चाहन्छु। प्रधानमन्त्री ओलीले भने ।
बिमोचन कार्यक्रमलाई सँबोधन गर्दै नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले भने रामेश्वर थापाजीलाई मैले धेरै पहिल्यैदेखि चिन्दै आएको छु। उहाँको हेलिकोप्टरमा म धेरैपटक घुमेको छु। कहिले पार्टीको काममा गएको छु। कहिले अन्य काममा पनि गएको छु। मलाई व्यक्तिगत रूपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ। पार्टीलाई पनि। यसकारण केपी शर्मा ओलीको पार्टीको नजिकको भने पनि सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो रामेश्वर थापा। उहाँको बारेमा जति भने पनि कम हुन्छ। उहाँको स्वास्थ्य र जे कामको थालनी गर्नुभएको छ, त्यसले आगामी दिन झन् राम्रो गर्दै जाओस्। उहाँलाई मैले सबैको भलो चाहने व्यक्तिको रूपमा लिएको छु। उहाँले नेपालको राजनीतिमा ठूलो भूमिका खेल्नुभएको छ। ठूला दललाई एक ठाउँमा ल्याएर राजनीतिक अस्थिरता हुनबाट रोक्नुभएको छ। व्यक्तिगत तर्फबाट पनि धन्यवाद दिन चाहन्छु।

अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ द्वन्द्वकालमा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित छ। किताबका बारेमा काठमाडौं पोस्ट अंग्रेजी दैनिकका सम्पादक विश्वास बराल र सञ्चारकर्मी विजयकुमार पाण्डेले टिप्पणी गरेका थिए। द्वन्द्वकालमा क्याप्टेन थापाले देशका लागि आफ्नो ज्यानको प्रवाह नगरेको र त्यही भोगाइलाई किताबमा चित्रण गरिएको उनीहरूको भनाइ छ।

ुतपाइँले युद्ध नजिकबाट हेर्नुभएको छ। हामीले एक पटकमा एक पक्षको मात्र कल्पना गर्न सक्छौं। तर तपाइँले एकैपटक चारैतिरबाट हेर्नुभएको छ। त्यो दुःख र भोगाइ सहनुभएको छ। साँच्चै नै देशका लागि तपाइँको यो ठूलो योगदान हो, सञ्चारकर्मी पाण्डेले भने।