काठमाडौँ १६ असार – निकै चासोका साथ हेरिएको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले अकल्पनीय ढङ्गले मत पाएको छ । स्थानीय तह दोस्रो चरणको चुनाबको जारी मत गणनामा नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र उपेन्द्र यादवको नेतृत्वको संघीय समाजवादी फोरम नेपाल तथा बाबुराम भट्टराईको नयाँशक्ति पार्टीबीचको गठबन्धनका उम्मेदवारले भन्दा भारी मतले अग्रता लिएका छन् । यस उपमहानगरको वडा नम्बर १ मा नेपाली कांग्रेसको ऐतिहासिक किल्ला ढाल्दै नेकपा एमालेका महेन्द्र लिगलको प्यानल विजयी भएको छ । यस्तो छ बुटवल उपमहानगरपालिकाको ताजा मत परिणाम
मेयर
नेकपा एमाले २०१७
कांग्रेस-माओवादी केन्द्र-फोरम नेपाल र नयाँ शक्ति – १६१०
र
उपमेयर
नेकपा एमाले २१८०
कांग्रेस-माओवादी केन्द्र-फोरम नेपाल र नयाँ शक्ति – ८५७