काठमाडाैं ।यतिखेर सङ्घीय राजधानीका सडक वरपर चेरी ढकमक्क फुलेको राम्राेसँग देख्न सकिन्छ।
सडक वरपर सेता, गुलाबी र रातो रङ्गका फूलले रङ्गीचङ्गी देखिएपछि काठमाडौंलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ। नेपालमा हिउँदको सुरुवातसँगै फूल फुल्ने क्रम रोकिएपछि चेरी फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानीसमेत भनिन्छ।
पैयुँ जातको वृक्षबारे लामो समयदेखि अनुसन्धान गर्दै आउनुभएका वनस्पती विभागका प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले नेपालका पैयुँ जातका वृक्ष विश्वमै फरक रहेको बताउनुभएको छ।
नेपालमा पर्यटक आउने सिजनमा फुल्ने पैयुँका फूल हेमन्त ऋतु अर्थात् अटममा कुनै पनि देशमा फुल्ने गरेका छैनन्।
नेपालमा १५ किसिमका आरु प्रजाति (प्रुनस) पाइन्छन्।काठमाडौंका सडकमा प्रनुस प्रसिका, प्रनुस सेरासोइड (पैयुँ), प्रनुस सेर्सीफेराका विभिन्न उपप्रजाति रोपिएका छन्।