काठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीबार देशका पश्चिमी भागमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपात भइरहेको छ ।हुम्लाको सिमिकोट, मुगुको ताल्चा विमानस्थल अखासपास, रुकुमपूर्वको माथिल्लो भेगका साथै उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको हाे । काठमाडौँ उपत्यकामा भने अपराह्न छिटफुट वर्षा भएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका अधिकांश स्थानमा छिटफुट वर्षा भएको मौसम विज्ञान विभाग
बाजुराको बूढीनन्दा नगरपालिका-४ कुरुकी ३१ वर्षीया पानसरा रोकाया सुत्केरी व्यथा लागेपछि मङ्गलबार स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरीलाई जन्म दिनुभएको छ । तस्बिरः रासस
काठमाडौं । भारतका बहु चर्चित आध्यात्मिक गुरु मोरारी बापूले ओशो तपोवनको भ्रमण गर्नु भएको छ । सुक्रबार भारतबाट आफ्नै निजि बिमान मार्फत् काठमाडौं ओर्लनुभएका मोरारी बापू एरपोर्टबाट पशुपतिनाथ जानुभएको थियो । पशुपतिनाथको दर्शन गरेर उहाँ सिधै ओशो तपोवन पुग्नुभएको थियो । तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुणले उहाँलाई स्वागत गर्नु भएको थियो । केही समय अगाडी
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएपछि महशुल नतिरेका उद्योगहरुको लाइन काटेको छ । प्राधिकरणले महशुल नबुझाएको भन्दै ती उद्याेगकाे लाइन काटेपछि उत्पादन ठप्प छ । प्राधिरकरणले किस्ताबन्दीमा महशुल बुझाउन छुट दिन सकिने भनेपछि ८ वटा उद्योगले विद्युत महशुल बुझाएका छन् । महशुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन जोडेको छैन । ...
काठमाडौं १४ असोज । गीतकार बालक गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै संगीतवद्ध गरेका छन् । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले संगीत संयोजन गरेका छन् भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गरेका छन् । ...
काठमाडाैं । भारतलाई ४–२ ले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार राति सम्पन्न खेलमा नेपालले बराबरी गोल फर्काएपछि पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा नेपालले ४ गोल गरेको थियो भने भारतले २ गोल गरेको थियो । पेनाल्टीमा नेपालका सावित्रा, गीता राना, सविता राना मगर र अमिशा कार्कीले गोल गरेका ...